जनकपुरधाम, १७ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।

मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ठाकुरले स्थानीय निर्वाचनमा केही सिटमा एमालेसँग गठबन्धन हुन सक्ने बताए ।

‘एमालेसँग हाम्रो त्यस्तो कुनै असन्तुष्टि छैन् । आउँदो स्थानीय तहको निर्वाचनमा छलफल हुन्छ,’उनले भने,‘सबैठाउँमा नभएपनि लोकल स्तरमा गठबन्धन गर्न सकिन्छ । अहिले भने हाम्रो कसंसँग कुनै गठबन्धन छैन् । अहिले हल्ला मात्रै हो पछि हुन पनि सक्छ । कतिपय सिटहरुमा गठबन्धन हुन सक्छ तर अहिले नै त्यो कुरा भन्न सकिंदैन । यस विषयमा हालसम्म कुनै छलफल भएको छैन् ।’

अध्यक्ष ठाकुरलाई स्वागत गर्न लोसपाका नेता तथा कार्यकर्ताहरू जनकपुरधाम विमानस्थल पुगेका थिए ।