काठमाडौं, १६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ र ३ हजार १२३ नमूनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४०० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।त्यस्तै, ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर हाल ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार २१ जना होम आइसोलेसनमा र २१४ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये ८० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।