एजेन्सी, १६ फागुन । यो संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि पञ्जाब किंग्सले भारतीय क्रिकेट टोलीका ब्याटर मयन्क अग्रवाललाई कप्तानी जिम्मेवारी सुम्पिएको छ ।

पञ्जाबले सोमबार अग्रवाललाई नयाँ कप्तान चयन गरेको जानकारी दिएको हो ।

सन् २०१८ देखि पञ्जाबको हिस्सा रहेका अग्रवाल गत वर्ष केएल राहुल कप्तान हुँदा टोलीको उपकप्तान रहेका उनले राहुलको अनुपस्थितिमा केही खेलमा कप्तानी गर्ने अवसर पनि प्राप्त गरेका थिए ।

राहुलले टोली छाडेपछि कप्तानविहीन बनेको पञ्जाबले अग्रवाललाई रिटेन गरेको थियो । नयाँ कप्तानमा नियुक्त भएपछि अग्रवालले टोलीको मुख्य उद्देश्य उपाधि जित्ने हुने बताएका छन् ।