एजेन्सी, १६ फागुन । पाकिस्तान क्रिकेट टोलीका मुख्य सदस्य हसन अली र फहिम असरफले अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको पहिलो खेल गुमाउने भएका छन् ।

पाकिस्तान सुपर लिग (पिएसएल) मा इस्लामाबाद युनाइटेडबाट खेलेका बलर हसन र अलराउन्डर असरफले चोटका कारण पहिलो टेस्ट गुमाउने भएका पाकिस्तान क्रिकेट बोर्डले जनाकारी दिएको हो ।

घरेलु टोली पाकिस्तानले अस्ट्रेलियासँग तीन खेलको टेस्ट सिरिज खेल्दैछ । पहिलो टेस्ट ४ मार्चबाट सुरु हुनेछ । उनीहरुको स्थानमा इफ्तिखर अहमद र मोहम्मद वसिमलाई टोलीमा बोलाइएको छ ।

असरफ र हसन दोस्रो टेस्टका लागि उपलब्ध हुने अपेक्षा राखिएको क्रिकेट बोर्डले जनाएको छ ।