एजेन्सी, १६ फागुन । इंग्लिस फुटबल एसोसिएसन (एफए)ले रुससँग अनिश्चित समयसम्म फुटबलका कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँका जनतासँग एक्यवद्धता व्यक्त गर्दै एफएले सोमबार एक वक्तव्य जारी गर्दै अनिश्चित समयसम्मका लागि रुससँग कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने जनाएको हो ।

यसअघि फुटबलको सर्वोच्च निकाय फिफाले रुसले तटस्थ मैदानमा राष्ट्रिय झण्डा, गान तथा समर्थकबिना खेल्नुपर्ने जनाएको थियो ।

पोल्यान्ड र स्वीडेनले पनि रुसविरुद्ध फिफा विश्वकप छनोटका खेल नखेल्ने घोषणा गरिसकेका छन् ।