एजेन्सी, १६ फागुन । बलिउडमा महानायक भनेर चिनिने अभिनेता अमिताभ बच्चनको उमेर अब ८० वर्ष पुग्न थालेको छ । तर, यो उमेरमा पनि उनले काममा चाहिँ कुनै कम्प्रोमाइज गरेका छैनन् ।

उनी आजभोलि पनि दैनिक १२ घण्टा काममा खटिएका हुन्छन् ।

यहीबीच उनले आइतबार राति एउटा ट्विट गरेका छन् । ट्विट गरेर आफ्नो स्वास्थ्य बिग्रिएको जानकारी उनले दिएपछि उनका प्रशंसक चिन्तित भएका छन् ।

‘मुटुको धड्कन बढ्न लागेको छ’, उनले लेखेका छन्, ‘आशा छ, सबै ठिक हुन्छ ।’

उनले ट्विटरमा यतिमात्र के लेखेका थिए, उनका प्रशंसक उनको स्वास्थ्यको कामना गरिरहेका छन् ।