काठमाडौं, १६ फागुन । नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक भएको छ ।

एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रको ट्रेलर सोमबार बिहान सार्वजनिक भएको हो ।

चलचित्रमा प्रियंका कार्की, विक्रम डी जोशी, विक्रान्त बस्नेत, विल्सन विक्रम राई, दीपिका प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक बोहरा विक्रम डी जोशीले लेखेका हुन् । प्रेमकथामा आधारित चलचित्र आगामी चैत ११ गतेदेखि देशैभर प्रदर्शन हुनेछ ।