रुस आक्रमणमा ३५२ युक्रेनी सर्वसाधारण मारिए

एजेन्सी, १६ फागुन । रुस–युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् ।
रुसी हमलामा ११६ बालबालिकासहित १ हजार ६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन ।
त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ । रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो ।
युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन । युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


