एजेन्सी, १६ फागुन । युक्रेनका अधिकारीहरु रुससँग शान्तिवार्ता गर्न तयार भएका छन् । तर, यो वार्ताले कुनै ठोस रुप नदिने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि नै बताइसकेका छन् ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार रुसका अधिकारीहरु शान्तिवार्ताका लागि युक्रेन र बेलारुसको सीमामा पुगिसकेका छन् ।

यसअघि बेलारुसले आफूहरुले शान्तिवार्ताका लागि आवश्यक ठाउँ तयार पारिसकेको बताएका छन् ।

यो शान्तिवार्ताको प्रमुख एजेन्डा युद्धविराम भएको बताइएको छ । युक्रेनमा रुसले आक्रमण गर्न थालेको आज पाँचौ दिन हो ।