एमसीसी पारित भएसँगै कम्युनिस्ट पार्टीहरूको मोर्चाद्वारा नेपाल बन्दको आह्वान

काठमाडौं, १५ फागुन । आइतबार एमसीसी पारित भएसँगै कम्युनिस्ट पार्टीहरूको मोर्चाले नेपाल बन्द आह्वान गरेको छ ।
६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संयुक्त रुपमा नेपाल बन्द आह्वान गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा बसेको बैठकले १६ फागुनमा नेपाल बन्द गर्ने घोषणा गरेको हो ।
देउवा सरकारले रातारात एमसीसी पारित गरेर देशका लागि घातको काम गरेको भन्दै यी दलले नेपाल बन्द आह्वान गरेका हुन् ।
बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


