झापा एफसीको मार्की खेलाडीमा अञ्जन विष्ट

काठमाडौं, १५ फागुन । नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को नयाँ टोली झापा एफसीले अञ्जन विष्टलाई मार्की खेलाडीमा रूपमा नियुक्त गरेको छ ।
झापाले आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमका सदस्य अञ्जनलाई मार्की प्लेयर नियुक्त गरेको जानकारी दिएको हो । मिडफिल्डर अञ्जन र क्लबको तर्फबाट सुजन गौतमले सझौता पात्रमा हस्ताक्षर गरे ।
झापा दोस्रो संस्करणका लागि थपिएका तीन नयाँ टोलीमध्ये एक हो । पहिलो संस्करणमा अञ्जनले ललितपुर सिटी एफसीको कप्तानी गरेका थिए ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । ७ टोलीले प्रतिस्पर्धा गरेको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


