एजेन्सी, १५ फागुन । युक्रेनकी उप–रक्षामन्त्रीले हालसम्म युद्धमा मारिएका र हानीको एक अनुमानित आँकडा जारी गरेकी छन् ।

उनले देशको सेनाले हालसम्म रुसलाई कडा टक्कर दिएको बताएकी छन् ।

किएभकी हन्ना मल्यारले फेसबुकमा यो आँकडा संघर्ष सुरु भएको शुरुवाती तीन दिनको भएको जुन फेरिन पनि सक्ने बताएकी छन् ।

युक्रेनले जुन अनुमानित आँकडा जारी गरेको छ त्यस अनुसार रुसी सेनालाई यति हानी भएको छ ।

–४३०० मृत्यु
– २७ विमान
– २६ हेलिकोप्टर
– १४६ ट्याङ्क
– ७०६ हतियारबन्द लडाकू वाहन
– ४९ तोप
– १ एयर डिफेन्स सिस्टम
– ४ ग्रान्ड मल्टिपल रकटे लञ्च सिस्टम
– ३० वाहन
– ६० ट्याङ्कर
– २ ड्रोन
– २ डुङ्गा