युक्रेनको तेस्रो सबैभन्दा ठूलो शहर ओडेसामा रुसी सेना छिर्न सकेन

एजेन्सी, १५ फागुन । युक्रेनको तेस्रो सबैभन्दा ठूलो शहर ओडेसामा रुसी सेनाले राती प्रवेश गर्ने कोसिस गरेता पनि युक्रेनी सैनिकले उनीहरुलाई फिर्ता जान बाध्य पारेको त्यहाँका स्थानीयले बताएका छन् ।
युक्रेन एनालिटिकाकी सम्पादक हना शेलेस्टले बीबीसीसँगको कुराकानीमा सिटी सेन्टरमा शान्ति यथावत् भएपनि बाहिरी इलाकामा बमबारीको आवाज सुनिएको बताइन् ।
उनले भनिन्, ‘यदि तपाईं युक्रेनका दोस्रो हिस्सासँग तुलना गर्नुहुन्छ भने दक्षिणमा हालसम्म थोरै शान्ति छ । यहाँ राती रुसी सेनाले ल्यान्ड गर्ने कोसिस गरे तर हाम्रो नेवी उनीहरुमाथि जाइलागे । बाहिरी इलाकामा बिस्फोट भएका छन् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


