काठमाडौं, १५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ र ३ हजार २२४ नमूनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ४१५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।त्यस्तै, ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् । जसमध्ये ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये ८१ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।