मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले गरे अंग दान गर्ने घोषणा

काठमाडौं, १५ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् ।
मन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । मन्त्री खतिवडाले भने, ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनुहोला ।’
त्यस्तै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


