काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी नेपालले एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय गरेको छ ।

आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

बैठकमा केही नेताहरूले सत्तारुढ दलका केही पार्टीहरूले अगाडि सारेको व्याख्यात्मक घोषणाको स्वामित्व जसपाले लिन नहुने र यसलाई निशर्त स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनीपक्षीय नेताहरू एमसीसी सम्झौताको पक्षमा खुलेका थिए भने अध्यक्ष उपेन्द्र यादव मौन रहँदै आएका थिए ।