काठमाडौं, १५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसीसीको पक्षमा रहेको बताएका छन् ।

एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले एमसीसी राम्रो उद्देश्यले आएकाले आफूहरूले समर्थन गर्ने बताएका हुन् ।

सात दशकदेखि अमेरिकाले सहयोग गर्दै आएको उनको भनाइ छ । अमेरिकाले सबै क्षेत्रमा सहयोग गर्ने गरेको उनको भनाइ छ ।

‘गरिबीलाई कम गर्ने र सर्वसाधारणको जीवनस्तर सुधार्ने राम्रो उद्देश्य लिएर आएको छ,’ उनले भने ।