ब्याख्यात्मक घोषणासहित एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं, १५ फागुन । पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित एमसीसी आजै पारित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको उनले बताए ।
नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए ।
सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।
पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास हुँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरेको छ ।
सत्तारुढ गठबन्धन सहमत भइसकेको अवस्थामा एमाले पनि पक्षमा उभिने गठबन्धनको विश्वास छ । एमसीसीका पक्षमा मत प्रकट नगरे एमालेमाथि नैतिक प्रश्न उठ्ने पौडेलको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


