काठमाडौं, १५ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै पारित हुने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट पास गर्न सत्ता गठबन्धनमा सहमति भएसँगै एमसीसी आजै पारित हुन लागेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।