शनिबार १५५ नयाँ संक्रमित थपिए, ५४० जना संक्रमणमुक्त

काठमाडौं, १४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १५५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र २ हजार ९१३ नमूनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ५४० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ भने ९ लाख ५५ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ८ हजार ८३९ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


