केटिएम रन प्रतियोगिताको उपाधि सिमोन र पुष्पालाई

काठमाडौं, १४ फागुन । सर्वाधिक पुरस्कार राशिको केटिएम रन प्रतियोगिताको उपाधि केन्याली धावक सिमोन किप्लागेट र एपिएफ क्लबकी पुष्पा भण्डारीले जितेका छन् ।
शेर्पा आउटडोरको केटिएम सिटीले दरबारमार्गमा शनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पा विजेता बनेका हुन् ।
सिमोनले निर्धारित दुरी ३० मिनेट ५५.५८ सेकेण्डमा पूरा गरे ।
दुर्गा बहादुर बुढाले ३० मिनेट ५७.६० सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गर्दा तेस्रो भएका मुकेश पलले ३१ मिनेट २२.६३ सेकेण्डको समय निकाले ।
पुरुषतर्फ अजित कुमार यादव, सन्तोष विष्ट, सुबाश कार्की, टंक कार्की, राजेन्द्र तामाङ, सन्जिब नेपाली र दिनेश सिंह बोगटी क्रमशः चौंथोदेखि दशौं स्थानमा रहे ।
महिलातर्फको उपाधि जित्ने क्रममा पुष्पाले निर्धारित दुरी ३६ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् ।
महिलातर्फ एपिएफकै फूलमती राना ३७ मिनेट १४.०१ सेकेण्डको समयसहित दोस्रो भइन् ।
तेस्रो भएकी राममाया बुढाले ३९ मिनेट ४२.०८ सेकेण्डको समय निकालिन् ।
महिलातर्फ बिन्द्रा श्रेष्ठ, सीमा थारु, सरस्वती बोहरा, आशा रावत, विमला कार्की, राधिका श्रेष्ठ र कृष्णश्वरी सिन्तकला चौंथोदेखि दशौं स्थानमा रहे ।
प्रतियोगिताको दुवैतर्फको विजेताले ट्रफीसहित समान १/१ लाख रुपैयाँ प्राप्त गरे ।
दोस्रोदेखि छैटौं हुनेले क्रमश ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।
सातौंदेखि दशौं स्थान प्राप्त गर्नेले गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
शेर्पा आउटडोरले पहिलोपटक केटिएम रन आयोजना गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


