एजेन्सी, १४ फागुन । युक्रेन सरकारले रूसको आक्रमणमा हालसम्म १९८ युक्रेनी नागरिक मारिएको जनाएको छ । जसमा तीन बालबालिका रहेका छन् ।

युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले फेसबुक पोस्टमा आक्रमणमा परेर हालसम्म १११५ जना घाइते भएको बताएका छन् । घाइते हुनेमा ३३ जना बालबालिका रहेका छन् ।

यसअघि युक्रेनी सेनाले आक्रमणमा ३ हजार ५ सय रुसी सैनिक मारिएको र २०० जनालाई बन्दी बनाएको दाबी गरेको थियो ।

सेनाले आफ्नो फेसबुक पेजमा रूसले अहिलेसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्यांकर गुमाएको जनाएको छ । रूसले अहिलेसम्म त्यस्तो कुनै क्षतिको जानकारी नदिएको बिबिसीले जनाएको छ ।