काठमाडौं, १३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ र ३ हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ५५५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ९२५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ ।त्यस्तै, ९ लाख ५५ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९ हजार २८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार २६ जना होम आइसोलेसनमा र २५४ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका विरामीहरुमध्ये ९२ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।