एजेन्सी, १३ फागुन । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २६ मार्च देखि २९ मेसम्म भारतको महाराष्ट्रमा हुने भएको छ ।

आइपिएलका खेल महाराष्ट्रका दुई शहर मुम्बई र पुणेका चार मैदानमा हुनेछन् ।

५५ खेल मुम्बईमा तथा १५ खेल पुणेमा खेलाइने छ । वान्खडे र डिवाई पाटिल स्टेडियममा समान २० तथा ब्राबोर्न स्टेडियम र महाराष्ट्र क्रिकेट एसोसियन मैदानमा १५–१५ खेल हुनेछन् ।

खेल तालिका भने केही दिनमा सार्वजनिक हुने क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले जनाएको छ ।

मैदानमा सीमित संख्यामा दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ । यस पटकको आइपिएलमा १० टोलीको सहभागिता छ ।