एजेन्सी, १३ फागुन । सन् २०२२ को च्याम्पियन्स लिग फाइनल फ्रान्सको पेरिसमा खेलिने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि सो खेल सेन्ट पिटर्सबर्गबाट पेरिस सारिएको हो ।

युरोपको सबैभन्दा प्रतिष्ठित क्लब प्रतियोगिताको फाइनल २८ मेमा सेन्ट पिटर्सबर्गमा हुने तय थियो । तर, शुक्रबारको बैठकपछि युईएफएले उक्त खेल गाजप्रोम एरिनामा नहुने पुष्टि गरेको छ ।

यसको सट्टा युरोपियन फुटबलको प्रशासकीय निकायले यसलाई पेरिसको स्टेड डे फ्रान्समा खेलाइने गर्ने निर्णय गरेको हो ।

युईएफएले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई संकटको समयमा युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल फ्रान्समा सार्नका लागि उनको व्यक्तिगत समर्थन र प्रतिवद्धताको लागि धन्यवाद व्यक्त गरेको छ ।

बैठकमा यूईएफएले रूसी र युक्रेनी क्लब तथा राष्ट्रिय टोलीलाई आफ्ना खेल न्यूट्रल भेन्युमा खेल्न आदेश पनि दिएको छ ।