खेलकुद क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : मन्त्री गहतराज

धनगढी, १३ फागुन । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुद क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाको शुक्रबार धनगढीमा उद्घाटन गर्दै मन्त्री गहतराजले न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेकाले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।
क्रिकेट क्षेत्रको विकासमा आम अपेक्षा पूरा गर्न संघ सफल हुने विश्वास व्यक्त गर्दै गहतराजले खेल क्षेत्रमा विगतमा राजनीतिकरण हुने प्रचलन बिस्तारै कम हुँदै गएको दाबी समेत गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


