जनकपुरधाम, १३ फागुन । जनकपुरधामस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्बन्धन खारेज गरिएको छ ।

नेपाल संस्कृत विश्व विद्यालयले मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको स्नातक तह (बीएएमएस) को सम्बन्धन खारेज गरेको हो ।

विश्वविद्यालयको कार्यकारी परिषद्को माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यालयले जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद स्नातक तह (बीएएमएस) सञ्चालन गर्न सम्बन्धन प्राप्त श्री मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्र जनकपुरधामको सम्बन्धन ने.सं.वि. कार्यकारी परिषद्को फागुन ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको सहायक प्रशासकद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

साथै उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुको हकमा ने.सं.वि. को आङ्गिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी रहेको अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएको हुँदा सोही अनुसार गर्न/गराउन समेत सूचनामार्फत जानकारी गराइएको छ ।