काठमाडौं, १३ फागुन । प्रतिनिधिसभा बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फेरि सूचना टाँसेर स्थगित भएको हो ।

शुक्रबारको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि बैठक १५ गतेसम्मका लागि स्थगित गर्ने सहमति भएको नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

यसअघि बिहीबारको बैठक पनि सरकारको आग्रहमा स्थगित गरिएको थियो ।