काठमाडौं, १२ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र २ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ५६२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ६५० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ । त्यस्तै, ९ लाख ५४ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्ये ९ हजार ४०६ जना होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका विरामीमध्ये ९३ जना आइसियूमा र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।