बिहीबारको अन्तिम खेलमा सातदोबाटो युथ क्लब विजयी

काठमाडौं, १२ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार भएको आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ ।
सातदोबाटोले एन्फा कम्प्लेक्समा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबमाथि १–० को कठिन जित हात पारेको हो ।
खेलको सातौं मिनेटमा मार्टिन्स अजयीले गरेको एक मात्र गोल सातदोबाटोको जितमा निर्णायक बन्यो ।
यो जितसँगै लिगको सुखद् अन्त्य गरेको सातदोबाटो १३ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
हारका साथ लिगको अन्त्य गरेको च्यासल १३ खेलमा ६ अंक जोड्दै पुछरमा रह्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हियालयन शेर्पा र फ्रेन्ड्स क्लबले १–१को बराबरी खेलेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


