काठमाडौं, ११ फागुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन वटा भाइरसको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ ।

मंगलबारदेखि जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सुरु गरेको प्रयोगशालाका डा.राजेश कुमार गुप्ताले जनाकारी दिए ।

पछिल्लो समय डेंगु भाइरसबाट सर्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे सबै जिल्लामा देखिएको छ । हालसम्म डेंगु र चिकनगुनिया नेपालमा देखिए पनि जीका भाइरस भने नदेखिएको चिकित्सकहरू बताउँछन् ।