बुधबार ३१२ नयाँ संक्रमित थपिए, ९११ जना संक्रमणमुक्त

काठमाडौं, ११ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ३३२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको छ ।त्यस्तै, ९ लाख ५४ हजार ३४१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार ७६३ जना होम आइसोलेसनमा र ३२७ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका विरामीमध्ये १०५ जना आइसियूमा र १९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


