बुर्किना फाँसोको सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु

काठमाडौं, ११ फागुन । बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा रहेको अस्थायी सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ ।
सुनखानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
विस्फोटमा मृत्यु हुनेहरूमा महिला र बालबालिका पनि छन् ।
घटनास्थलहरूमा शवहरू यत्रतत्र छरिएका थिए । विस्फोटन स्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।
विस्फोटमा घाइते भएका दर्जनौंलाई नजिकको अस्पतालमा लगिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


