एजेन्सी, ११ फागुन । पाकिस्तानका पूर्वगृहमन्त्री तथा वरिष्ठ नेता रहमान मलिकको निधन भएको छ । उनको ७० वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

पाकिस्तानी मिडियाका अनुसार कोभिड संक्रमणसँग सम्बन्धित समस्यासँग जुधिरहेका उनी अस्पताल भर्ना भएका थिए ।

यसअघि फेब्रुअरी १ मा पाकिस्तान पिपल्स पार्टीकी सांसद सहार कामरानले मलिकको अवस्था बिग्रिएको र त्यसका कारण उनलाई भेन्टिलेटरमा राखिएको बताएकी थिइन् ।

कराँची विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका मलिकले सन् २००८ देखि २०१३ सम्म देशको गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनलाई पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको नजिकको मानिन्थ्यो ।