अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनसँग शिखर वार्ता नगर्ने

एजेन्सी, ११ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् ।
यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोसँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रूपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो ।
यद्यपि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति बाइडेन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको जनाएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् ।यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


