एजेन्सी, ११ फागुन । भारतीय क्रिकेट टोलीका तीव्रगति बलर दिपक चहर तथा ब्याटर सूर्यकुमार यादवले श्रीलंकाविरुद्धको टि–२० अन्तर्राष्ट्रिय सिरिज गुमाउने भएका छन् ।

घरेलु टोली भारत र श्रीलंकाबीच तीन खेलको सिरिज बिहीबारबाट सुरु हुँदैछ । घाइते भएपछि चहर र यादवले सिरिज गुमाउन पक्का भएको बिसीसिआईले जानकारी दिएको हो ।

उनीहरू वेस्ट इन्डिजविरुद्धको टि–२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घाइते भएका थिए। तर, उनीहरूको स्थानमा अन्य खेलाडीलाई भने नल्याइने बिसीसिआईले जनाएको छ ।

वेस्ट इन्डिजविरुद्ध यादवले ३१ बलमा ६५ रनको उत्कृष्ट पारी खेल्दा भने चहरले १.५ ओभर बलिङ गर्दा १५ रन खर्चिएर २ विकेट हात पारेका थिए ।

यो खेलमा १७ रनको जित हात पार्दै घरेलु टोली भारतले सिरिजमा क्लिन स्विप राखेको थियो ।