‘ए’ डिभिजन लिग : पुलिस र एपिएफको बराबरी

काठमाडौं, १० फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबारको विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएका हुन् । शुरूवाती अग्रता जोगाउन नसक्दा पुलिस अंक बाँड्न बाध्य बन्यो ।
खेल सुरू भएको २५ सेकेन्डमै सुमन लामाले गोल गर्दै पुलिसलाई शुरूवाती अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा प्रदिप लामाले एपिएफलाई १–१ को बराबरीमा ल्याए ।
यो नतिजासँगै १२ खेलबाट १५ अंक जोडेको एपिएफ आठौं तथा समान खेलबाट १२ अंकका साथ पुलिस ११ औं स्थानमा यथावत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


