राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा लामिछाने नियुक्त

दाङ, १० फागुन । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
उपकुलपतिमा नियुक्त भएको पत्र मंगलबार बुझेका उनले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएकोमा ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापा सिफारिसमा परेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


