ललितपुर, १० फागुन । ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिपमा नेपाल एपिएफ क्लबले विजयी शुरुवात गरेको छ ।

साविक विजेता एपिएफले मंगलबार भएको दोस्रो खेलमा प्रदेश–१ लाई ६ विकेटले पराजित गरेको हो ।

५८ रनको लक्ष्य एपिएफले ११.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । एपिएफको जीतमा ज्योति पाण्डेले सर्वाधिक २३ रन जोडिन् । रोमा थापा १५ तथा ममता चौधरी दुई रनमा अविजित रहे ।

प्रदेश–१ का लागि सवनम राईले दुई तथा हेरमायी रोय र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५७ रन मात्र बनाउन सक्यो ।

प्रदेश–१ का लागि सवनम राईले सर्वाधिक १६ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपिएफकी करुणा भण्डारीले तीन, राजमती ऐरीले दुई तथ रेखा रावल र सुमन विष्टले एक–एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।