अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो

एजेन्सी, १० फागुन । युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ ।
केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ ।
विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिएका हुन् ।
युक्रेनमा अष्ट्रेलियाली दुतावास र त्यहाँको कामकारवाही हाल ठप्प छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


