एजेन्सी, ९ फागुन । विहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालु यादवलाई ५ वर्ष जेल सजाय हुने भएको छ ।

विशेष अदालतले सोमबार यादवलाई पाँचौं चारा घोटला काण्डमा जेल सजाय दिएको हो । अदालतले यादवलाई ६० लाख भारु जरिवानासमेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो काण्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो ।

यसअघि चारवटै चारा घोटला काण्डमा उनी दोषी ठहर भएका थिए ।