एजेन्सी, ९ फागुन । चीनको बेइजिङमा सम्पन्न शीतकालीन ओलम्पिकमा नर्वेले पहिलो स्थान हासिल गरेको छ । उसले १६ स्वर्ण, आठ रजत र १३ कास्यसहित कुल ३७ पदक जित्यो । दोस्रो स्थानको जर्मनीको नाममा १२ स्वर्ण, १० रजत र पाँच कास्यसहित कुल २७ पदक रह्यो ।

नौ स्वर्ण,चार रजत र २ कास्यसहित कुल १५ पदक हात पारेको आयोजक चीन तेस्रो स्थानमा रहँदा चौथो स्थानको अमेरिकाले आठ स्वर्ण, १० रजत र सात कास्यसहित २५ पदक जित्यो ।

आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित १८ पदक जितेको स्वीडेन पाँचौं स्थानमा रहँदा आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित १७ पदक हात पारेको नेदरल्याण्ड्सले छैटौं स्थान हासिल ग¥यो ।

सातौं स्थानको अस्ट्रियाले सात स्वर्ण, सात रजत र चार कास्यसहित १८ पदक हात पार्दा सात स्वर्ण र दुई रजत र पाँच कास्य सहित कुल १४ पदक हात पारेको स्विट्जरल्यान्ड आठौं स्थानमा रह्यो ।

६ स्वर्ण र १२ रजत र १४ कास्यसहित कुल ३२ पदक जितेको रसियन ओलम्पिक कमिटी नवौं स्थानमा रहँदा पाँच स्वर्ण, सात रजत र दुई कास्यसहित १४ पदक जितेको फ्रान्सले १० औं स्थान प्राप्त ग¥यो ।

क्यानडाले चार स्वर्ण, आठ रजत र १४ कास्य, जापानले तीन स्वर्ण, ६ रजत र नौ कास्य जित्दा इटालीले दुई स्वर्ण, सात रजत र आठ कास्य तथा दक्षिण कोरियाले दुई स्वर्ण,पाँच रजत र दुई कास्य हात पारे ।

स्लोभेनियाले दुई स्वर्ण,तीन रजत र दुई कास्य तथा फिनल्यान्डले दुई स्वर्ण, दुई रजत र चार कास्य जित्दा न्युजिल्यान्डको नाममा दुई स्वर्ण, एक रजत रह्यो ।

अस्ट्रेलियाले १ स्वर्ण र दुई रजत र एक कास्य, बेलायतले समान एक स्वर्ण र रजत हात पार्दा हंगेरीले एक स्वर्ण र दुई कास्य तथा बेल्जियम, चेक गणतन्त्र र स्लोभाकियाले समान एक स्वर्ण र कास्य जिते ।

बेलारुसको नाममा दुई रजत पदक रहँदा स्पेन र युक्रेनले समान एक रजत पदक जिते । इस्टोनिया, लात्भिया र पोल्याण्डको नाममा समान एक कास्य पदक रह्यो ।