आइसिसीले निकालेको नयाँ टी–२० वरीयतामा नेपाल यथावत स्थानमा

काठमाडौं, ९ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निकालेको नयाँ टी–२० वरीयतामा नेपाल यथावत स्थानमा छ ।
सोमबार सार्वजनिक भएको वरीयता क्रम अनुसार नेपाल १३ औं स्थानमा यथावत रहेको हो ।
नेपालले १८६ रेटिङ प्वाइन्ट पाएको छ । २६९ रेटिङ प्वाइन्टका साथ भारत वरीयताको शीर्ष स्थानमा उक्लिँदा समान रेटिङ प्वाइन्ट भए पनि इंग्ल्याण्ड दोस्रो स्थानमा झरेको छ ।
पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश क्रमश : तेस्रो देखि १० औं स्थानमा छन् ।
अहिले ओमानमा जारी आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा सहभागिता जनाइरहेको नेपालले सुरुवाती दुई खेलमा जित पनि दर्ता गरेको छ । नेपालले आयोजक ओमानलाई ३९ तथा फिलिपिन्सलाई १३६ रनले हराएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


