मधेस प्रदेश : आइतबार शून्य संक्रमित, ३८ जना संक्रमणमुक्त

जनकपुरधाम, ८ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कुनै संक्रमित फेला परेका छैनन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३८९ जनाको परीक्षण गर्दा कुनै संक्रमित फेला परेका छैनन् ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा ७३ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा शून्य जना, नाकाहरुमा ३०९ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद ३८९ जनाको परिक्षण गर्दा कुनै संक्रमित फेला नपरेको निर्देशनालयले जनाएको छ ।
मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा ३९ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।
यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३६७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या ८६१ रहेको छ । जसमध्ये ८५५ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २ जना आइसियू र ३ जना एचडियूमा उपचाररत् छन् ।
मृतक १ हजार ६१ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८१, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९० रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


