आइतबार २६२ नयाँ संक्रमित थपिए, १ हजार ३३८ जना संक्रमणमुक्त

काठमाडौं, ८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ३ हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने १ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।त्यस्तै, ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ जना होम आइसोलेसनमा छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीहरुमध्ये १३६ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


