काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले बिहीबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अर्को बैठक बोलाएका हुन् ।

आजको बैठकमा एमसीसी सम्झौता पेस गरिएको छ । त्यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एमाले नेता भीम रावल, नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले धारणा राखेका थिए ।

एमसीसी सम्झौता संसदमा पेस हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु उठेर नाराबाजी गरेका थिए ।