एमालेको नाराबाजीका बिच एमसीसी टेबल

काठमाडौं, ८ फागुन । नेकपा एमालेको अवरोधकाबिच प्रतिनिधिसभामा एमसीसी टेबल भएको छ ।
अर्थमन्त्रीका तर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी सम्झौता टेबल गरेका हुन् । संसदको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने बताइएको थियो ।
एमसीसी संसदमा पेस हुँदैगर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ । नाराबाजीका बीचमै सञ्चारमन्त्री कार्कीले सम्झौता टेबल गराएका हुन् ।
सत्तारूढ गठबन्धनमा सहमति नभएपछि यसअघि यो सम्झौता टेबल हुन सकेको थिएन ।
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै बैठकमा एमसीसी टेबल गर्ने पक्षमा थिए । तर, सहमति नजुट्न शुक्रबार यो सम्भव भएको थिएन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


