काठमाडौं, ८ फागुन । आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिको निर्णयपछि एमसीसीलाई संसदको कार्यसूचीमा राखिएको छ ।

आइतबारको बैठकमा नेकपा एमाले सहभागी भएन । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती तथा रेखा शर्माले असहमति राखेका थिए ।

एमसीसी सम्झौतासँगै आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको लोकसेवा आयोगसम्बन्धी विधेयक पनि पेश हुने उनले जानकारी दिए ।