माओवादी केन्द्रका तीनजना सांसद एमसीसी टेबल गर्ने निर्णयमा असहमत

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका तीनजना सांसदले एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि प्रसाद सापकोटालाई पत्र लेखेर एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाएका हुन् ।
उनीहरुले सभामुखलाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाएका छन् ।
राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध रहेको भन्दै उनीहरुले एमसीसी संसदमा टेबल गर्ने विषयमा आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


