टि–२० अन्तर्राष्ट्रियमा गुल्सन झाको डेब्यू

काठमाडौं, ७ फागुन । तीव्र गतिका बलर गुल्सन झाले नेपाली सिनियर क्रिकेट टोलीबाट टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् ।
उनले आइसिसी विश्वकप ग्लोबल छनोट ‘ए’ अन्तर्गत फिलिपिन्सविरुद्धको खेलबाट टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन् ।
नेपालले ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिँदै गुल्सन झा र कुशल मल्ललाई प्लेइङ–११ मा खेलाएको छ ।
पहिलोपटक नेपाली टि–२० टोलीमा परेका गुल्सन तीव्र गतिमा बलिङ तथा बायाँ हातले ब्याटिङ गर्ने गर्दछन् ।
तीव्र गतिका बलर करण केसीले चोटका कारण विश्वकप छनोट गुमाउने भएपछि उनको स्थानमा गुल्सनलाई टोलीमा बोलाइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


